Home स्वास्थ्य/जानकारी टिप्स मासु खाएपछि एक्सरसाईज गर्न नभुल्नुहोस

मासु खाएपछि एक्सरसाईज गर्न नभुल्नुहोस

2
0

काठमाडौं । आज बडादशैँको आठौँ दिन । आज महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् ।

शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाईएको छ । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

दसैंमा खसी, बोका, च्याङ्ग्रालगायतका मासु खाने चलन । मासु खाँदा एकदमै ध्यान दिनुपर्छ । स्वास्थ्यलाई असर हुनेगरि केही पनि कुरा खानु राम्रो होईन । जाडो महिना पनि सुरु भैसकेको छ । मासु खाँदा व्यायाम अनिवार्य रहेको विज्ञहरुको सुझाव छ । अझ चाडपर्वमा मासुसँगै कतिपयले मदिरा पनि पिउने गरेका छन् । यस्तो अवस्थामा झनै व्यायामको जरुरी पर्दछ । चिकित्सकहरुले पनि चाडपर्वमा मासु धेरै र नियमित खानेहरुले त अनिवार्य रुपमा दैनिक एक घण्टा व्यायाम गर्न सुझाव दिएका छन् । खसीको मासु खाँदा खानामा सलाद र हरियो साग अनिवार्य समावेश गर्न पनि उनीहरुको सुझाव छ । file photo

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleराष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन
Next articleफ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here