विश्वकप क्रिकेटः श्रीलंकालाई पराजित गरेपछि न्यूजिल्याण्डको सेमिफाइनल यात्रा सहज बन्दै

काठमाडौं- विश्वकप क्रिकेट अन्तरगत भएको खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै न्यूजिल्याण्ड विजयी भएको छ । यो जितसँगै न्यूजिल्याण्डको सेमीफाईनलमा पुग्ने सम्भावना कायमै छ ।
टस जितेर न्युजिल्याण्डले फिल्डिङ रोजेपछि श्रीलंकाले पहिलो व्याटिङ गर्दै निर्धारित ४६.४ ओवरमा अलआउट जम्मा १७२ रनको लक्ष्य दिएको थियो । त्यसपछि ब्याटिङ गरेको न्यूजिल्याण्डले २३.२ ओवरमा ५ विकेट गुमाउदै सहज लक्ष्य पुरा गर्यो ।
जारी खेलमा श्रीलंका यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।
सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न न्यूजिल्याण्ड, पाकिस्तान र अफ्गानिस्तानवीच प्रतिस्पर्धा देखिएको छ । अब पाकिस्तान तथा इग्ल्याण्ड र अफ्गानिस्तान र दक्षिण अफ्रिकावीच हुने खेलको रनरेटले सेमीफाईनलको आगामी यात्रा निर्भर रहने देखिएको छ ।
भारत ८ वटै खेल जितेर १६ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका र अष्ट्रेलियाको समान १२ अंक छ । यस्तै त्यसपछि रहेका न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीनै टोलीको समान ८ अंक छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने