मधेसको पहिलो QFX सिनेमा वीरगञ्जमा सञ्चालनमा, प्रमुख सचेतक प्रदीप यादवद्वारा उद्घाटन
![मधेसको पहिलो QFX सिनेमा वीरगञ्जमा सञ्चालनमा, प्रमुख सचेतक प्रदीप यादवद्वारा उद्घाटन मधेसको पहिलो QFX सिनेमा वीरगञ्जमा सञ्चालनमा, प्रमुख सचेतक प्रदीप यादवद्वारा उद्घाटन](https://asalkhabar.com/wp-content/uploads/2023/11/Pradeep-Yadav-2.jpg)
वीरगञ्ज, २३ कार्तिक । वीरगञ्जमा मधेस प्रदेशकै पहिलो सुविधासम्पन्न मल सञ्चालनमा आएको छ । यहाँस्थित आदर्शनगरमा “स्काइलाइन” नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।
वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेशकै पहिलो र एकमात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ । मलले नेपालकै सर्वोत्कृष्ट क्युएफएक्स (QFX)सँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ ।
उक्त मलको पूर्वमन्त्री एवम् जसपाका प्रमुख सचेतक प्रदीप यादवले उद्घाटन गरेका हुन् । काठमाडौँ, पोखरालगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको स्काइलाइन मलमार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।
त्यस्तै मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्याँत होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन् लागेको छ । आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभ्र पोर्टी होटेलले वीरगञ्ज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको विश्वास छ ।
दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फन्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँलगायतको सुविधा रहेको छ । हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समय भित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ ।
बिहीबारदेखि मलमा रहेको क्यूएफएक्स सिनेमा हल भने सञ्चालनमा आउन् लागेको छ । शाहरुख खान, दीपिका पादुकोण, नयनतारा र विजय सेतुपतिलगायत बहुचर्चित कलाकारहरूले अभिनय गरेको जवान फिल्म देखाएर सुरुवात हुन लागेको हलमा तीन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकैपटक तीन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।
सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगञ्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिन्छ सुविधा रहेको छ ।
मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगञ्ज बजारमा आर्थिक गतिविधि चलायमान हुने सञ्चालकहरूले विश्वास लिएका छन् । आर्थिक नगरी वीरगञ्जमा अन्य सम्पूर्ण सुविधा रहे पनि मल नहुँदा यहाँका बासिन्दाले खल्लो महसुस गर्ने गरेकोले उनीहरूकै माग अनुसार मल सञ्चालनमा ल्याइएको सञ्चाललक बताउँछन् ।
मलमा वीरगञ्जवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा लिन सक्ने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास