राम सिंहको आवाजमा ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैं । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।
लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
गीतका शब्दहरू राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएका छन् ।
गायक राम सिंह नेपालका एक चर्चित बाँसुरी बाधक हुन् । ९० को दशकतिर गायक उनले थुप्रै चर्चित गीतहरूमा आफ्नो बाँसुरीको धुन गुञ्जाएका छन्।
सिंहले अस्मिता अधिकारीसँग गाएको ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग गाएको ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुगलिङ सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार १९:१८गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
समाचार२०८२ असार २१, शनिबार १७:०९वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ असार २१, शनिबार १५:१७‘नेशनल म्यूजिक अवार्ड २०८१’ असार २८ मा, कुमा र दुर्गेशसहित भव्य कन्सर्ट
कला, विचार/मनोरञ्जन२०८२ असार २१, शनिबार १३:०९चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु