Home राजनीति कोशी प्रदेशमा सहमतिको सरकार बन्छ: नेता कोइराला

कोशी प्रदेशमा सहमतिको सरकार बन्छ: नेता कोइराला

9
0

मोरङ् – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कोशी प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास जारी रहेको बताउनु भएको छ ।

मोरङको विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको जानकारी दिनुभयो ।

”अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भईरहेको छ । बजेट आएपछि समहतिको सरकारले सरकारले पूर्णता पाउने छ । एमाले पनि सरकारमा आउने छ ”, नेता कोइरालले भन्नुभयो ।

अर्को एक फरक प्रसंगमा नेता कोइरालाले सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु गल्ती भएको बताउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन्
Next articleगीतकार मोहन र संगीतकार सौगातको ‘गरौँ रमाइलो’ सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here