नेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै

बाँके- विस्तृत शान्ति सम्झौताको सम्झनामा बाँकेमा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको तयारी गरिएको छ । यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।
“एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यता प्राप्त म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ पुर्याइएको छ”, उहाँले भन्नुभयो, “स्कुल स्तरियअन्तर्गत कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मका लागि जिल्ला बाह्य र जिल्लाका गरी अलग अलग प्रतिस्पर्धा राखिएको छ ।”
ठकुरीका अनुसार, पुरुषतर्फ म्याराथन (४२ दशमलव १९५ किमि), महिलातर्फ हाम म्याराथन (२१ किमि), १० किमी खुल्लामा पुरुष र महिला, पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्षसम्म) तथा पाँच किमीका कर्पोरेट रन, ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको उहाँले जानकारी दिनुभयो । बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलगअलग पाँच किमी छुट्याइएको उहाँले बताउनुभयो ।
आयोजक क्रियटिभ ह्याण्डसले यस वर्षको म्याराथनमा नगद पुरस्कार राशिमा वृद्धि गर्ने जनाएको छ । संस्थाका अध्यक्ष ठकुरीले यसपाली सरप्राइज प्याकेज पनि घोषणा गर्ने बताउनुभयो । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्रद्वन्द्व विधिवत् अन्त्य गर्ने गरी मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना गर्ने गरिएको छ ।
म्याराथनको अघिल्लो दिन नेपालगञ्ज सम्मेलन (कनक्लेभ) आयोजना गर्ने तयारी भएको ठकुरीले जानकारी दिनुभयो । उक्त सम्मेलनमा खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीलगायत मुद्दामा छलफल हुने उहाँले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








