Home कला, विचार/मनोरञ्जन चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण घोषणा

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण घोषणा

1
0
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण घोषणा

काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ ।

अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्ने चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास र नेपाली भाषाको गौरवसंगै नेपालीको हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोज्ने निर्देशक प्रधानले बताए ।

शिवम अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृती विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ । चलचित्रमा अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषी अभियन्ताहरु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ ।फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने चलचित्र रहेको लेखक शिवम् अधिकारीले बताए ।

चलचित्रको पहिलो पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगायतको देशहरुमा हुनेछ । यस फिल्ममा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुदाँ निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ ।

चलचित्रको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको रहेका छन् ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्रमा दिपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ ।

यो पनि पढ्नुहोस् :  फ्राइडे रिलिज : हलमा दुइ राजुको सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleबागलुङमै परीक्षण र उपचारपछि क्षयरोगीलाई सहज
Next articleनेपालगञ्ज म्याराथनको नवौँ संस्करण हुँदै