सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक

लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरमा केन्द्रीय भूमिकामा रहेको अभिनेत्री मलिका महत फिचर्ड छिन् । सार्वजनिक पोस्टरमा मल्लिका महतलाई जुत्ताको माला लगाउनुको साथै कालोमोसो पोतिएको छ। उनलाई पछाडी एकहुल मानिसले लखेटी रहेको पनि देख्न सकिन्छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए।
पोस्टरमा लेखिएको छ ‘इश्वरको उपहार,सृष्टि धान्छन्,होइनन् कर्महारा। छोरी बुझौं,छोरी पुझौँ,यिनै संसार सारा। यो लेखाईले चलचित्रले नारीको कथा बोल्ने प्रस्ट हुन्छ। चलचित्रमा महतको अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी,दिलासा र सारा सुवेदी छ्न ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङको विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रको हाल पोस्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा छ। चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









