सिनेमा घर र निर्माताबिचको विवाद टुंगियो

काठमाडौँ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ बिच रहेको शेयर बाँडफाँडको विवाद टुङ्गिएको छ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकले दुवै संस्थाले ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमतिमा विवादलाई निकास दिएका हुन् ।
प्रदर्शन र निर्माताले ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबिच भएको नेपाल चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए । कायस्थका अनुसार प्रदर्शकले राज्यलाई तिर्ने विकास शुल्क छुटका राज्यसँग प्रदर्शन र निर्माता दुवैले पहल गर्ने सहमति समेत भएको छ ।

केही अगाडि फिल्म ‘दिमाग खराब’ टिमले शो र ५० प्रतिशत शेयर बाँडफाँडको कुरा उठाएर हलबाट उतार्ने घोषणा गरेको थियो । त्यसपछि, चलचित्र सङ्घ र निर्माता सङ्घका प्रतिनिधिहरू पहिलो चरणको वार्ता बस्दै ‘दिमाग खराब’ को प्रदर्शनलाई निरन्तरता दिँदै वार्ता अगाडि बढाउने सहमति गरेका थिए ।
दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो ।
निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य रहेका थिए । चलचित्र सङ्घको तर्फबाट गठित वार्ता टोलीमा पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक ११, सोमबार १६:०५लुटपाट एवं आगजनीमा संलग्नलाई कारबाही र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ११, सोमबार १३:४४‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक ११, सोमबार १२:४९स्वास्थ्यमन्त्री शर्माले अस्पताल पुगेर भेटिन् जेन-जी आन्दोलनका घाइते, उपचारमा कुनै कमी नगर्न निर्देशन
समाचार२०८२ कार्तिक ११, सोमबार ११:२९सुनको मूल्य तोलाको दुई हजार घट्यो






