मुगुमा अक्कुपञ्चर सेवा

मुगु, १० मङ्सिर । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेको बताए ।
उनले हाडजोर्नी तथा नशारोग बिरामीका लागि निः शुल्क अक्कुपञ्चर सेवा प्रदान गरिने बताए । सो सेवा एकपटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएको छ । जिल्लामा अकुपञ्चर सेवा सुरु नहुँदा सेवा लिनकै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतलगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिका–१ का हरि शाहीले अक्कुपञ्चर सेवा नियमित गर्न आग्रह गरे । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ पुष १३, आईतवार १३:३८‘मिरमिरे’मा किन दयाहाङ र सिर्जना नै ?








