मुगुमा अक्कुपञ्चर सेवा

मुगु, १० मङ्सिर । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेको बताए ।
उनले हाडजोर्नी तथा नशारोग बिरामीका लागि निः शुल्क अक्कुपञ्चर सेवा प्रदान गरिने बताए । सो सेवा एकपटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएको छ । जिल्लामा अकुपञ्चर सेवा सुरु नहुँदा सेवा लिनकै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतलगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिका–१ का हरि शाहीले अक्कुपञ्चर सेवा नियमित गर्न आग्रह गरे । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २४, मंगलवार ०९:१०चलचित्र ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २४, मंगलवार ०८:१८‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
खेलकुद२०८२ चैत्र २४, मंगलवार ०७:३८आज मुम्बई र राजस्थान भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ चैत्र २४, मंगलवार ०६:३६सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध








