चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको खर्च १६ अर्ब नाघ्यो

काठमाडौं- चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन महिनामा सात वटा प्रदेश सरकारहरुको कुल खर्च रु.१६ अर्ब ४८ करोड रहेको छ । त्यसै गरी स्रोत परिचालन रु.३६ अर्ब ७३ करोड रहेको छ ।
प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.२५ अर्ब ८१ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १० अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसै गरी चालु आर्थिक बर्षको तीन महिनामा सरकारको कुल खर्च रु.२८० अर्ब ५७ करोड भएको छ ।सरकारीखर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा विकास खर्च भन्दा वित्तिय ब्यवस्था परिचालमा दोवर बढी भएको छ । यो सरकारले लिएको ऋण तथा सावा व्याज भुक्तानीमा लाग्ने खर्च हो ।
चालु खर्च रु.२१३ अर्ब ३९ करोड, पुँजीगत खर्च रु.१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु.४९ अर्ब ३५ करोड समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु.२१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु.१९ अर्ब ६५ करोड परिचालन भएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’