एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका कुण्डुलाई

मकवानपुर- एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।
मकवानपुर जिल्ला बुद्धिचालको आयोजनामा भएको प्रतियोगिताको ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबरीको नतिजा निकाल्दै भारतीय खेलाडी शुभयानले ७ दशमलव ५ अंक बनाएर उपाधि जितेका हुन् ।
उपाधिसहित उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।
कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल बिजेता बनेका छन्।
बंगलादेशका आईएम मोहमद मिनहाज उद्धिन दोस्रो र भारतका एफएम अरबिन्द प्रित सिं तेस्रो भए । दुवैले क्रमश ७५ हजार र ४० हजार रुपैयाँ नगद हात पारे ।
प्रतियोगितामा बंगलादेशका मो सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६ दशमलव ५ अंक प्राप्त गर्दै क्रमश चौथौंदेखि दशौं स्थानमा रहन सफल बने ।
बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले विजेता खेलाडीलाई पुरस्कृत गर्नु भएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








