उत्तरगया धाम परिसरमा १०८ शिवलिंग स्थापना

रसुवा- रसुवाको उत्तरगयामा स्थानीयको सक्रियता र लगानीमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ । रसुवाको उत्तरगया गाँउपालिका-५ को उत्तर गयाधाम परिसरमा एक कार्यक्रमको आयोजना गरी १०८ शिवलिंग स्थापना गरिएको हो ।
स्थानीयहरुको सक्रियतामा १६ लाख ५० हजार रुपैयाँमा ती शिवलिंग स्थापना गरिएको हो । आफ्ना ज्ञातअज्ञात पितृहरुको सम्झनामा उत्तरगयाधाम परिसरमा शिवलिङ्ग स्थापना गर्न चाहनेहरुबाट प्रति शिवलिङ्ग सात हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो ।
अन्य १४ लाख ८१ हजार रुपैयाँ भने दाताहरुबाट संकलन गरिएको थियो । शिवलिङ्ग प्राण प्रतिष्ठामा रूद्री पूजा, लाखबत्ती प्रज्वलन गरी उद्घाटन गरिएको हो ।
उत्तरगयाधाम परिसरमा १०८ शिवलिङ्ग निर्माण भए पछि धार्मिक तथा पर्यटकीय आकर्षण बढने बिश्वास स्थानीयहरुले लिएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १७, शुक्रबार २१:२९कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल
समाचार२०८२ जेष्ठ १७, शुक्रबार १९:५९कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी
समाचार२०८२ जेष्ठ १७, शुक्रबार १९:४१बहुविवाह मुद्दामा फरार रहेका नर बहादुर राना पक्राउ
समाचार२०८२ जेष्ठ १७, शुक्रबार १९:३१भोजनलिपि स्वाद तेस्रो संस्करण आउँदै