व्यवसायिक रुपमा च्याउ खेती बढ्दो, बिक्रिकालागि भने समस्या

धादिङ –च्याउ उत्पादक किसानहरुको लगाएको च्याउको उत्पादन धेरै भएको छ । सजिलो खेती भएको र आर्थिक रुपमा समेत सहज हुने भएकोले जिल्लाका सबै स्थानीय तहमा च्याउको उत्पाद भएको पाइन्छ ।
स्थानिय तहले नै च्याउको बिँउ निशुल्क दिने र अन्य प्राविधिक सहयोग समेत गरेकाले कृषक च्याउ खेतीतर्फ आकर्षित छन् । त्यसैले पनि धादिङमा च्याउ खेती गर्ने किसानहरुको संख्या ह्वातै बढेको हो ।
गत वर्षहरुमा च्याउ विक्रिबाट राम्रो आम्दानी भएपछि अधिकांश कृषकले टनेल बनाएर व्यवसायिक रुपमा नै खेती लगाउन शुरु गरेका छन् । कतिपय स्थानमा सामुहिक रुपमा नै खेती लगाउन शुरुवातसमेत भएको छ । विशेषगरी महिलाहरुलाई यस खेतीले आम्दानीको स्रोत बढाएको छ । थोरै जमिनको प्रयोग गरी धेरै उत्पादन हुने भएकाले महिलालाई सजिलो भएको छ ।
धादिङमा केही वर्ष अघि मात्रै च्याउको व्यवसायिक खेतीको शुरुवात गरिएको हो । तर उत्पादनसंगै बजारको अभाव पनि हुदै गएको छ ।
गत साल दुई सय पचाँससम्ममा किसानहरुले प्रतिकिलो च्याउ विक्रि गरेकोमा यस वर्षको अहिलेको समयमा प्रतिकिलो पचाँस रुपैयाँमा मात्रै पाउने किसानहरुको भनाई छ ।
अहिले मुल्यमा गिरावट आए पछी किसानले यसलाई प्रसोधन गरी लामो समयसम्म राख्न सकिने प्रविधिको विकास गर्नु पर्ने माग समेत सरोकारवाला निकायसंग गरेको छ ।
धादिङमा डल्ले र सिताके जातका च्याउको मात्र किसानहरुले खेती गर्ने गरेका छन् । च्याउले बजार नपाए पछी एकै किसानको टनेलमा पाँच सय किलोसम्म च्याउ थुप्रिएको छ ।
जिल्लामा च्याउको उत्पादन कति हुन्छ भन्ने तथ्याङ्क भने कृषी ज्ञान केन्द्रसंग पनी नरहेको केन्द्रको भनाई छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १, शुक्रबार २१:०८नेपाललाई विश्वकप छनोटको उपाधि
समाचार२०८२ कार्तिक १, शुक्रबार १९:४१एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १, शुक्रबार १७:०३क्यारेक्टरको भित्री गहिराइमा पस्यो भने मात्रै अभिनयको मजा आउँछ : दयाहाङ
खेलकुद२०८२ कार्तिक १, शुक्रबार १६:१५सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै « रिपोर्टर्स नेपाल