बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’

बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’

काठमाडौँ। विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ‘इन्ट्री’ पाएको हो । ‘गोर्खा वारियर’ लङ लिस्टका लागि हलिउड फिल्महरुसँग भिड्दैछ । बेस्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म क्याटगोरीमा ‘गोर्खा वारियर’को प्रतिस्पर्धा हुनेछ । यूरोपमा अस्करपछिको ठूलो मानिने बाफ्टा फिल्म अवार्डस् २०२४ समारोह आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा हुँदैछ ।

निर्देशक चाम्सले बाफ्टामा नेपाली सिनेमाले प्रवेश पाएकोमा आफू र आफ्नो टिम अत्यन्तै खुसी भएको बताए । ‘सजिलो पक्कै थिएन तर आज लङलिष्टका लागि ‘गोर्खा वारियर’ हलिउडका ठूल्ठूला सिनेमासँग प्रतिस्पर्धा गर्दैछ’, निर्देशक चाम्सले भने, ‘हार्नु जित्नु अलग कुरा हो तर ‘गोर्खा वारियर’ले इतिहास राख्ने काम जारी छ ।’ उनले धेरै चरणपछि हजारौं फिल्ममध्येबाट बाफ्टामा प्रवेश पाएको बताउँदै अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनुपर्ने बताए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  निर शाहको ‘कमला मिस’ को फस्टलुक पोस्टर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =