नेपालमै पहिलो पटक भेटियाे सेताे गिद्ध

नवलपुर- पुर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा विरलै देखिने सेतो रंगको हिमाली गिद्ध भेटिएको छ ।
नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का मैलो र खैरो रंगको देखिएको थियो । पहिलो पटक पूरै सेतो रंग भएको देखिएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् ।

गएको आइतबार वाइल्डलाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाईड प्रेम महत्तोको टोलीले पहिलो पटक नेपालमा सेतो रंगको हिमाली गिद्ध देखेका र फेला पारेका थिए ।
कालो, खैरो रंगको गिद्धको समूहमा एक्कासी सेतो रंगको गिद्ध देख्दा त निक्कै रोमाञ्चित बनेको नेचर गाइड एवं समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका संयोजक प्रेम महतोको अनुभव छ ।
जटायु रेष्टुरेण्ट स्थापना भए पछि सन २०११, सन २०२० र अहिले गरेर तीन पटक फरक फरक जातका दुर्लभ गिद्ध देखिएका महतोले बताउनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार १५:२६कार्यविनायकमा ‘बेहुली’ फिल्मको शुभमुहूर्त, तीजमा रिलिज हुने
समाचार२०८२ चैत्र १२, बिहीबार ०९:०५तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार ०७:५९मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी
समाचार२०८२ चैत्र ११, बुधबार २१:३६पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो








