‘धार्मिक र सांंस्कृतिक सम्वर्द्धनबाटै देश सम्वृद्ध’: अर्थमन्त्री महत

नुवाकोट- अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताउनुभएको छ ।
नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत् सांस्कृतिक महोत्सव–२०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको हो ।
“रोजगारीको सृजनासहित शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सुधारको लागि यहाँकै शैली र सभ्यताको संरक्षण गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “दोस्रो विश्वयुद्धपछि जापानले जसरी आफ्नै मौलिक परम्परालाई जोगाएर विकासमा चमत्कार गर्यो, अब हामीले त्यस्तै शैली अपनाउनुपर्छ ।”
पछिल्लो समयमा मेला-महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, प्रचारप्रसार र उपभोगमा केन्द्रित गराउनुको सट्टा भड्किलो हुँदै गएको भन्दै त्यसबाट सचेत रहन उहाँले ध्यानाकर्षण गराउनुभयो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुद र संस्कृतिलाई लक्षित गर्दै सुरु भएको महोत्सवलाई आगामी दिनमा प्रदेशस्तरीय बनाएर सञ्चालन गर्न सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।
लिखु गाउँपालिका संरक्षण तथा न्यू ढिकुरे युवा क्लब र पिप्ले युवा क्लबको सयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव आगामी पुस १० गतेसम्म चल्ने छ । मेला व्यवस्थापक हरिहर पाण्डेका अनुसार महोत्सवमा खेलकुद र संस्कृतिसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा ब्यापारको लागी एक सय कक्ष राखिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








