निर्मात्री प्रज्ञाको टेली चलचित्र ‘सिन्दुर’ लाई बिनयले निर्देशन गर्दै

निर्मात्री प्रज्ञाको टेली चलचित्र ‘सिन्दुर’ लाई बिनयले निर्देशन गर्दै

काठमाडौं। कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल ‘सिन्दुर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा ‘सिन्दुर’को निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी निर्माण भएको टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहीर भएकाले पनि अहिले आफुले नयाँ कलाकारलाई लिएर काम गरेको उनको भनाई छ । अहिले पनि यो सिरियल उत्तिकै सार्न्दभिक रहेकाले उत्कृष्ट बनाउन कोशिस गर्ने दाबी निर्मात्री जोशीको छ ।

यो टेलिसिरियलको शुभमुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने,मधुसुदन भट्टराई, लेखक प्रदीप भारद्धाज लगायत उपस्थित थिए । यो सिरियलमा विनय राज पौडेलको लेखन तथा निर्देशन रहनेछ । उनले १२ बर्ष अघि ‘सिन्दुर’ नामक चलचित्रमा सहायक निर्देशक भएर काम गरेका थिए । करिब १२ वर्षपछि यही नामको सुपरहिट सिरियल पुन: निर्माणमा निर्देशकको जिम्मेवारी बहन गर्ने जिम्मा दिनु भएकोमा प्रज्ञा जोशी प्रति आभारी रहेको बताए ।

प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण हुने टेलिसिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुषाल, प्रदीपराज गिरी, अश्मी थापा, दिपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसी लगाउयतका कलाकारको अभिनय रहनेछ । यो सिरियलमा मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत लेखन, सम्राट थापाको संगीत रहनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *