Home समाचार प्रजनन रोग विशेषज्ञ डा. पाण्डे ‘आईएफएस योङ एचिभर्स’ एवार्डबाट सम्मानित

प्रजनन रोग विशेषज्ञ डा. पाण्डे ‘आईएफएस योङ एचिभर्स’ एवार्डबाट सम्मानित

5
0

काठमाडौं, २९ मंसिर । प्रजनन रोग विशेषज्ञ डा.अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ‘आईएफएस योङ एचिभर्स’ पाएकी छन् । नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस) को १९औं वार्षिक कंग्रेसमा उनलाई सो एवार्ड प्रदान गरिएको हो । डा. पाण्डे इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त एवार्ड हात पार्ने पहिलो नेपाली चिकित्सक हुन् ।

प्रजनन स्वास्थ्य सम्बन्धी अनुसन्धान, लेखन र सम्पादनलगायतका उनले गरेका एकेडेमिक कामको कदर गर्दै उक्त एवार्ड प्रदान गरिएको हो । युवा प्रजनन रोग विशेषज्ञ डा. पाण्डे वात्सल्य आईभीएफ सेन्टरमा कार्यरत छिन् ।

‘हामीले अनुसन्धनात्मक लेखहरु लेखिरहेका हुन्छौ । मुम्बईको लीलावती अस्पताल एण्ड रिसर्च सेन्टरमा एक वर्षे फेलोसीपका क्रममा आईभीएफ सम्बन्धि अनुसन्धानात्मक लेखहरु लेखेकी थिएँ । मेरो अनुसन्धान र एकेडेमिक कामहरुको सक्रियताका कारण यो एवार्ड पाएकी हुँ,’– उनले भनिन् ।

डा. पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको ‘ह्युमन रिप्रडक्सन’ जर्नल सम्पादकीय टिममा समेत रहेर काम गरिरहेकी छन् ।

डा. पाण्डेले ढाका युनिभर्सिटीबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालय (केयु) बाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरेकी छन् । साथै, उनले भारतको लीलावती अस्पतालबाट इनफर्टिलिटीमा एक वर्षे फेलोसीप समेत गरेकी छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनिर्मात्री प्रज्ञाको टेली चलचित्र ‘सिन्दुर’ लाई बिनयले निर्देशन गर्दै
Next articleसुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here