Home समाचार आमरण अनशन बस्न धनगढी गए डा. केसी

आमरण अनशन बस्न धनगढी गए डा. केसी

10
0

काठमाडौं, २९ मंसिर । डा. गोविन्द केसी धागढीस्थित गेटा मेडिकल कलेजमा आमरण अनशन बस्ने भएका छन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उनी अनशन बस्न लागेका हुन् । आज बेलुका पाँच बजेदेखि अनशन बस्ने उद्घोष गरेका डा. केसीले अनशन स्थल भने सार्वजनिक गरेका थिएनन् । अन्ततः उनले अनशनस्थल गेटा मेडिकल कलेजलाई रोजेका हुन् ।

डा. केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।

उनले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने लगाएतका माग राखेका छन् । डा. केसीले यसअघि पनि कयौं पटक अनशन बसिसकेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनोवेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Next articleराष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा १२ वटा राजनीतिक दल दर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here