गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ ।
गाजा-इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी स्वतन्त्ररुपमा पुष्टि हुन नसकेको सीएनएनले जनाएको छ ।
हमासले इजरायलमा हमला गरेयता १८ हजार ८ सय भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ । मृतकमध्ये ७० प्रतिशत महिला र केटाकेटी रहेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलको लगातारको हमलाका कारण गाजा क्षेत्रमा खाद्यान्न र औषधीजस्ता अत्यावश्यक सामग्रीको चरम अभाव रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
यता अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा गरिएको अधिक बमबारीका कारण इजरायलले समर्थन गुमाउँदै गएको टिप्पणी गर्नुभएको छ । युद्धको समयसीमा र लक्ष्य किटान गर्नपनि उहाँले इजरायललाई चेतावनी दिनुभएको सीएनएनले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास