जाजरकोट भूकम्प प्रभावितका लागि एक अर्ब निकासा

काठमाडौँ – जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये आज रु ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ ।
“हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौँ,”प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भन्नुभयो ।
उहाँले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिनुभयो । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताउनुभयो । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु एक अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।
पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार तीन सय ३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १२, बिहीबार २०:५८केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु- प्रधानमन्त्री
समाचार२०८२ चैत्र १२, बिहीबार १६:३३‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार १५:२६कार्यविनायकमा ‘बेहुली’ फिल्मको शुभमुहूर्त, तीजमा रिलिज हुने
समाचार२०८२ चैत्र १२, बिहीबार ०९:०५तनहुँको मह विश्वबजारमा, किसान उत्साहित







