चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् ।
ओएसआर डिजिटलबाट सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरन्जन श्रेष्ठको कलर छ । चलचित्रमा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय छ ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ । नारायण खाती प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् । चलचित्रलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








