बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’ को टिजर सार्वजनिक

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक गरिएको छ । विश्ज्योती हल जमलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ । सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ ।
टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ । चलचित्रमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ । महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रमा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १२, बिहीबार २०:५८केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु- प्रधानमन्त्री
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार १५:२६कार्यविनायकमा ‘बेहुली’ फिल्मको शुभमुहूर्त, तीजमा रिलिज हुने
समाचार२०८२ चैत्र १२, बिहीबार ०९:०५तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १२, बिहीबार ०७:५९मोडलिङबाट अभिनयतर्फ उक्लिँदै सुरज गौतम, नेपाली फिल्ममा सक्रिय हुने तयारी








