नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको टिजर सार्वजनिक

काठमाडौँ। नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार सोनी पिक्चर्स फिल्म्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ। नेपालको छायांकनको क्रममा शटओभर भारतको हैदरावादका प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर शैकत चक्रवर्तीले सञ्चालन गरेका थिए ।
यो फिल्मको छायांकनमा नेपालबाट टेलिभिजनकर्मी तथा फिल्मकर्मी फूर्वा शेर्पा सहभागि थिए । फूर्वाका अनुसार यो फिल्म लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको छ । अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो ।

सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सले निर्माण गरेको फिल्म पुलवामा आक्रमण र त्यसपछि भएको बालाकोट एयर स्ट्राइकमा आधारित छ।
शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्ममा वरूण तेज र मानुषी छिल्लरको मुख्य भूमिका छ। फिल्मको कथा शक्तिप्रताप सिंह हाडा, आमिर खान र सिद्धार्थ राज कुमारले लेखेका हुन्।
हरि के भेदान्तमले छायांकन गरेको फिल्मलाई नविन नूलीले सम्पादन गरेका छन्। तेलुगु, तलिम, मलयालम, कन्नड र हिन्दी भाषामा यो फिल्म फागुन ४ गतेदेखि प्रदर्शन हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी








