आईपीएलको इतिहासमै महँगा खेलाडी बने मिचेल स्टार्क

इन्डियन प्रिमियर लिग आइपिएल २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाएका छन् । स्टार्कलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किनेको छ ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका लागि दुबईमा भएको खेलाडीको अक्सनमा अष्ट्रेलियन तिव्र गतिका बलर मिचेल स्टार्क आईपीएलको इतिहासका सर्वाधिक महङ्गा खेलाडी बनेका छन् ।
यसैगरी अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई गुजरात टाइटन्सले १० करोड भारुमा किनेको छ ।
त्यसैगरी रोयल च्यालेन्जर्स बेंगलोरले वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु, न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले १४ करोड भारु, अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई सनराइर्ज हैदराबादले २० करोड ५० लाख भारुमा किनेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार ११:१५काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै









