मन्त्रीहरुलाई जिम्मेवार बनाउन लागिपरेको छु, हेरफेर गर्न होइन- प्रधानमन्त्री दाहाल

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण र जनताका कामका बारे सरकार संवेदनशिल भएर अगाडि बढ्ने बताउनु भएको छ ।
विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले विभिन्न मन्त्रालयहरुको रिपोर्ट हेर्ने कार्य भइरहेको र मन्त्रीहरुलाई विशेष जिम्मेवारी दिइने तथा काम सम्पन्न नगर्नेहरु प्रति कडा रुपमा प्रस्तुत हुने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले अहिले सरकार पुनर्गठन नै गरिहाल्ने अवस्थामा आफु नभएको र मन्त्रीहरुलाई जिम्मेवार बनाउन आफु लागि परेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले पर्यटन मन्त्रीले अभिव्यक्त गरेको धार्मिक विषयलाई आफुले गम्भिर रुपमा लिएको र सम्बन्धित मन्त्रीसँग कुरा गरेर यसबारे निर्णय लिने पनि बताउनुभयो ।
अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामाकरण बारे भइरहेकेा विवादलाई छलफल र सम्वादबाट हल गर्न प्रयासरत रहेको र यसलाई अतिवादतर्फ नलैजान आग्रह गर्नुभयो ।
फरक प्रसंगमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले पार्टी नाम नेपाल कम्युनिष्ट पार्टी समाजवादी वा समाजवादी केन्द्र राख्ने गरी छलफल भइरहेको पनि जानकारी दिनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १३, बुधबार ०७:१८पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
समाचार२०८२ फाल्गुन १३, बुधबार ०६:५७परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १२, मंगलवार २१:०८चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ
समाचार२०८२ फाल्गुन १२, मंगलवार २०:४६‘जेन-जी परिषद्’ गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत








