तामाङ संघको कार्यसमिति विस्तार

काठमाडौँ- नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधानको परिच्छेद २, दफा ४ को उपदफा ‘क’ अनुसार कार्यसमिति विस्तार गरिएको अध्यक्ष रामकृष्ण तामाङले जानकारी दिनुभयो ।
विस्तारित केन्द्रीय कार्यसमितिका सदस्यहरुले आजै पदस्थापन तथा सपथ ग्रहण गर्नुभयो । विस्तारित नयाँ कार्यसमितिमा दोलखाका कृष्ण थोकर, काभ्रेका डिवी मोक्तान र ललितपुरकी सीता वाइवा लगायत ३८ जना रहनु भएको छ ।
संघको अध्यक्षमामा मनोनित भएको पाँच महिनापछि तामाङले कार्यसमिति विस्तार गर्नुभएको हो । अव प्रदेश र स्थानीय तहका समिति विस्तारमा संघ केन्द्रीत हुने अध्यक्ष तामाङले बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









