Home समाचार मेडिसिटी हस्पिटलमा “कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर” सञ्चालनमा आयो, मनिषाले गरिन् उद्घाटन

मेडिसिटी हस्पिटलमा “कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर” सञ्चालनमा आयो, मनिषाले गरिन् उद्घाटन

4
Google search engine

काठमाडौं, ८ पुष । ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी हस्पिटलमा कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर (Comprehensive Breast Care Center) को शुभारम्भ भएको छ । डा. उपेन्द्र महतो अध्यक्ष रहेको उक्त अस्पतालले आफ्नो स्थापनाकालदेखि नै विशिष्ट-स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले आज (आइतबार) एक कार्यक्रमकाबीच स्तनसम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने हेतुले उक्त कम्प्रिहेन्सिभ ब्रेष्ट केयर सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त सेन्टरको उद्घाटन भने बलिउडकी ख्याँतिप्राप्त नायिका मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा र नेपाल महिला उद्यमी महासंघकी पूर्व अध्यक्ष निरु रायमाझीले संयुक्त रुपमा गरेका हुन् ।

उपचारमा विशेषज्ञ चिकित्सकहरु संलग्न रहने र अत्याधुनिक प्रविधि प्रयोग गरिने अस्पतालले जनाएको छ । यस्तै, अस्पतालले स्तन क्यान्सर सम्पूर्ण उपचार गरिने जनाएको छ ।

मेडिसिटी एनएबीएच ईन्टरनेश्नल मान्यताप्राप्त नेपालको पहिलो अस्पताल हो । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई मेडिकल हब बनाउने महत्वकांक्षासहित मेडिसिटी सञ्चालनमा ल्याएका हुन् । उनले नेपालीहरु अब उपचारको लागि विदेश जान नपर्ने भन्दै मेडिसिटीले सबैखाले विशिष्ट र विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको दाबी गरेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here