पोखरा बैठकका निर्णय कार्यान्वयन गर्न साझा धारणा बनाउँदै मुख्यमन्त्रीहरु

मकवानपुर- संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हिजोदेखि हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज सम्पन्न हुँदै छ ।
गोष्ठीमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा हुनुहुन्छ । आजको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशले जनाएको छ ।
गत असार १५ र १६ गते पोखरामा बसेको मुख्यमन्त्रीहरुको बैठकका निर्णय कार्यान्वयनका सम्बन्धमा साझा धारणा बनाएर संघीय सरकारलाई दबाब दिन कार्ययोजना बनाउने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जानकारी दिनुभयो ।
पोखरा बैठकले संघीयता कार्यान्वयनका विषयहरू ६ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो । त्यो समयसिमा पौष १५ मा सकिदैछ । हिजो तीनै तहको सरकारको संरचनागत जिम्मेवारीका विषयमा क्षेत्रगत रूपमा विज्ञहरूले प्रस्तुतीकरण गरेका थिए ।
छलफलमा संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडका बारेमा साझा धारणा बनाएर जाने सहमति बनेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,नेपाल नगरपालिका संघ,गाउँपालिका राष्ट्रिय महासंघको संयुक्त आयोजनामा कार्यक्रम भैरहेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १२:३१साउन्डमिल क्रिएसनमार्फत ‘नत तिम्रो’ सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार ०७:४८बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार२०८३ बैशाख १४, सोमबार ०६:३८नेत्रावती डवजोङमा महिलाका लागि दुई महिने सिलाई–कटाई तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार २२:१३‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, विवाह र सम्बन्धको जटिल कथा प्रस्तुत








