सचिन रौनियारको ‘औधी माया’ मा गरिमा (भिडियो)

काठमाडौँ। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । लोक फ्युजन शैलीको सार्वजनिक गीतमा उदय सोताङको शब्द तथा संगीत छ । सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् ।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन् । सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १७, शुक्रबार २०:२८सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ
समाचार२०८२ माघ १७, शुक्रबार २०:२०दशौँ धादिङ महोत्सव जारी, शनिबार यी कलाकार आउँदै
खेलकुद२०८२ माघ १७, शुक्रबार १६:२८आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १७, शुक्रबार १३:२०सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने








