विश्वस्तरीय बन्दै केएमसीको स्वास्थ्य सेवा

काठमाडौं, पुस १४ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा शेयर सदस्यहरुको नगद लाभांश पारित गर्दै अस्पतालको स्वास्थ्य सेवालाई विश्वस्तरीय बनाउने निर्णय गरेको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/८० को नाफा तथा सञ्चित मुनाफाको रकम ४ करोड ८५ लाख २० हजार ४ सय ८५ मध्येबाट २० प्रतिशत जगेडा राखी बाँकी ८० प्रतिशत रकम ३ करोड ८८ लाख १६ हजार ३ सय ८८ रुपैंया (चुक्ता पुँजीको ६.४६ प्रतिशत कर सहित) शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले विशेष प्रस्ताव अनुरुप अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरु खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने भएको भन्दै स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यक्ता अनुसार घर जग्गा समेत खरिद गर्नुपर्ने अवस्था भएकोले सोको लागि आवश्यक श्रोत जुटाउन सञ्चालक समितिलाई अधिकार दिएको छ ।
८०.१७ प्रतिशत शेयर सदस्य उपस्थित भएको साधारण सभाले कम्पनीको व्यवसाय विस्तारको लागि समान उद्देश्य भएका विभिन्न कम्पनी, अस्पताल, शिक्षण संस्थाहरु खरिद गर्न तथा त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्न पनि सञ्चालक समितिलाई अधिकार दिएको छ ।
साधारण सभा उद्घाटनको प्रमुख अतिथी कलेजका पूर्वकार्यकारी अध्यक्ष, नोबेल मेडिकल कलेजका पूर्वप्रबन्ध निर्देशक समेत रहेका संघीय सांसद डा. सुनिलकुमार शर्मा रहेका थिए । कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख ब्यवस्थापन सल्लाहकार डा. खगेन्द्र प्रसाद न्यौपाने, प्राचार्य प्रा.डा. रतिन्द्रनाथ श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. सुमनकुमार श्रेष्ठ, संस्थापक शेयरधनी ओमप्रसाद पाण्डे, च्यारेटी इन्टरनेशनल नेपालका अध्यक्ष अर्जुन प्रसाद वास्तोला, नोवेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दीरा बराल शर्मा लगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार ०८:२७नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग








