अर्घाखाँचीको नरपानीमा पर्यटकीय गतिविधि बढ्दो

अर्घाखाँची- नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ । यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन् ।
मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता बनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ । नरपानीमा कपिलबस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक हजारौँ सङ्ख्यामा मानिस आउने गरेका छन् । विशेष गरी बिदा र शनिबारका दिन यहाँ झण्डै ५० देखि एक सय वटा समूह आउने गरेको सन्धिखर्क नगरपालिका वडा–६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले बताउनुभयो ।
नरपानी कपिलबस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ । नरपानीमा हाल गङ्गा सरोवर निर्माण गरी पर्यटकलाई डुङ्गा सयर गराउने उद्देश्यले नगरपालिकाले योजना बनाएको छ । गङ्गा सरोवरमा नेपाली झण्डा राख्ने र अन्य संरचना निर्माण भइरहेको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
नजिकैको प्रसिद्ध सुपा देउराली मन्दिरमा बलीका रुपमा पाठापाठी चढाउने र यसरी बली दिइएका पाठापाठी नरपानीमा बसेर प्रसाद खाने चलन रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । विशेष गरी मनोकामना पूरा हुने विश्वासका सुपा देउरालीमा पाठापाठी भाकल गर्ने चलन छ ।
मन्दिरमा हाल दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताउनुभयो । मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेश, विहारबाटसमेत भक्तजन आउने गरेको उहाँको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
खेलकुद२०८२ चैत्र २१, शनिबार ०८:३९पञ्जावको लगातार दोस्रो जित « रिपोर्टर्स नेपाल







