सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सद्वारा डा भगवान कोइरालाको अस्पताललाई सहयोग

काठमाडौं, पुस १५। सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग पाण्डेले बाल अस्पतालका संस्थापक अध्यक्ष प्राडा कोइरालालाई रकम हस्तान्तरण गरेका छन् ।
सिटिजन्स बैक र सिटिजन लाइफ इन्स्योरेन्स लोमस ग्रुपका मेजर शेयर भएका पब्लिक कम्पनी हुन्। जसले लोमस फर्मासिटिकल्स कम्पनी पनि चलाउँदै आएको छ । लोमस ग्रुपले आफनो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अस्पताललाई सहयोग गरेको कम्पनीका मार्केटिंग निर्देशक प्रनव जंग पाण्डेले जानकारी दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट








