प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष आवश्यक: महन्थ

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुरले संविधानले संघीयता स्थापित गरेपनि आवश्यक कानुन र अधिकार नदिदा संघीयता कार्यन्वयन प्रभावकारी हुन नसकेको वताउनु भएको छ।
१७ औ बलिदानी दिवसको अवसरमा लोसपा बुद्द्धीजीवी संघले आयोजना गरेको संविधानको पूर्णता र संघीयताको अभ्यास विषयक विचार गोष्ठीमा अध्यक्ष ठाकुरले प्रदेशलाई अधिकार सम्पन्न बनाउने संघर्ष निरन्तर जारी रहने वताउनु भयो ।
मधेश आन्दोलनका क्रममा बलिदनी दिने शहिदको सपना साकार पार्न लोकतन्त्रवादी शक्ति र संघीयताका पक्षधर एकजुट भएर प्रदेशलाई अधिकार सम्पन्न बनाइ सम्पूर्ण विभेदको अन्त्य गर्नु पर्ने पनि अध्यक्ष ठाकुरले वताउनु भयो ।
कार्यक्रममा सहअध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले मधेशले विभेद हटाउन अधिकार र समानताको लागि संघर्ष गरेको स्मरण गर्दै अधिकार सम्पन्न नहुँदा सम्म संघर्ष निरन्तर जारी राख्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संघियता विरोधि आवाज उठ्न थालेको प्रति सचेत हुँदै संघीयताका पक्षधरहरु सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको धारणा राख्नु भयो ।
मधेश आन्दोलनका क्रममा प्रथम शहीद रमेश महतो सहित ४३ जनाले शहादत प्राप्त गरेका थिए । यसै दिनको सम्झनामा माघ ५ गते मधेशवादी दलहरुले बलिदानी दिवस मनाउदै आएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १३:१२‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी