प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघर्ष आवश्यक: महन्थ

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुरले संविधानले संघीयता स्थापित गरेपनि आवश्यक कानुन र अधिकार नदिदा संघीयता कार्यन्वयन प्रभावकारी हुन नसकेको वताउनु भएको छ।
१७ औ बलिदानी दिवसको अवसरमा लोसपा बुद्द्धीजीवी संघले आयोजना गरेको संविधानको पूर्णता र संघीयताको अभ्यास विषयक विचार गोष्ठीमा अध्यक्ष ठाकुरले प्रदेशलाई अधिकार सम्पन्न बनाउने संघर्ष निरन्तर जारी रहने वताउनु भयो ।
मधेश आन्दोलनका क्रममा बलिदनी दिने शहिदको सपना साकार पार्न लोकतन्त्रवादी शक्ति र संघीयताका पक्षधर एकजुट भएर प्रदेशलाई अधिकार सम्पन्न बनाइ सम्पूर्ण विभेदको अन्त्य गर्नु पर्ने पनि अध्यक्ष ठाकुरले वताउनु भयो ।
कार्यक्रममा सहअध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले मधेशले विभेद हटाउन अधिकार र समानताको लागि संघर्ष गरेको स्मरण गर्दै अधिकार सम्पन्न नहुँदा सम्म संघर्ष निरन्तर जारी राख्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संघियता विरोधि आवाज उठ्न थालेको प्रति सचेत हुँदै संघीयताका पक्षधरहरु सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको धारणा राख्नु भयो ।
मधेश आन्दोलनका क्रममा प्रथम शहीद रमेश महतो सहित ४३ जनाले शहादत प्राप्त गरेका थिए । यसै दिनको सम्झनामा माघ ५ गते मधेशवादी दलहरुले बलिदानी दिवस मनाउदै आएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








