Home खेलकुद कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश शीर्षस्थानमा

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश शीर्षस्थानमा

20
0
कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।
कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो‍ । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे । त्यस्तै रविन जोशीले अविजित १६ रन बनाए । आशुतोष घिरैयालाई नौ रन जोड्दा रित गौतमले आठ बनाए । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिए ।
यस जितसँग बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अङ्क जोडेको छ । बागमतीले यसअघि मधेस प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो । त्यस्तै नेपाल पुलिस क्लब र एपिएफसँग भने बागमती पराजित भएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक÷एक विकेट लिए । यस हारसँगै कर्णाली पाँच खेलमा दुई जित र तीन हारसहित चार अङ्क जोड्दै अङ्क ताकिलाको सातौँमा छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनिर्मल राज पौडेलको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक (भिडियो)
Next articleसमाजसेवी एवम् कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृति ग्रन्थ प्रकाशित हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here