मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ । मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर भएको जानकारी दिइयो ।
कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअप घोषणालाई देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । यसअघि भामको फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।
सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण २३, बिहीबार ११:०४पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
समाचार२०८२ श्रावण २२, बुधबार २१:४४बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर
राजनीति२०८२ श्रावण २२, बुधबार २०:३९बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण
समाचार२०८२ श्रावण २२, बुधबार १९:००रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन