आहा रारा गोल्डकपको सेमिफाइनलमा जावलाखेल यूथ क्लब प्रवेश

जावलाखेल यूथ क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई हराएर आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा स्पर्धामा सडन डेथमा जावलाखेलले मनाङलाई ७–६ गोल अन्तरले हराएको हो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार जावलाखेलका गोल रक्षक युनेष चौधरीले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भयो । ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याए ।
लगत्तै मनाङका रक्षक जियारथ शेखले प्रहार गरेर ६–६ को स्थितिमा पुर्याए । अनि आए, जावलाखेलका प्रदीप बुढाथोकी । उनको प्रहार ७–६ को स्थितिमा आउँदा मनाङका रणदीपको नवौं पेनाल्टी प्रहार गोल रक्षक युनेषले रोकिदिए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टिमबाट गोल नभएपछि टाई ब्रेकरमा पुग्यो ।
९० मिनेटको खेलमा जावलाखेलले ५५ औँ मिनेटमा सुदीप श्रेष्ठको गोल मार्फत अग्रता लियो । मनाङका राजेश परियारले ८९ औँ मिनेट गोल फर्काएर बराबरीमा पुर्याए ।
निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ मस्र्याङ्दीलाई सडन डेथको सिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग भेट सुनिश्चित गरेको हो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









