पुदिनाको अचार सेवनले स्वास्थ्यका लागि लाभदायी

स्वास्थ्यको लागि पुदिनाको अचार लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।
पुदिनाको अचारका फाइदाहरु
यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा मिठास aदिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ। त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ।
पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ।
पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।
पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ। ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।
दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ। पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ।
यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ। यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ।
पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।
यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








