फिल्म दयारानी’ निःसन्तान दम्पतीको कथामा आधरित

फिल्म ‘दयारानी’को पारिवारिक कथामा आधारित ट्रेलर सार्वजनिक गरिएको छ । उक्त फिल्म अभिनेता माओत्से गुरुङको डेब्यु निर्देशित हो। निःसन्तान दम्पतीको कथामा केन्द्रित रहेको ट्रेलरमा दयाहाङ राईले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएर त्यसको दोष श्रीमती लाई लगाउँछन् । श्रीमती दीयाले दोस्रो विवाह गर्न श्रीमानलाइ दबाब दिएपछि उत्पन्न भएको पारिबारिक समस्यालाई ट्रेलरमा रोचक र हृदयस्पर्शी तरिकाले प्रस्तुत गरिएको छ ।
ट्रेलरको मध्य भागतिर एक युवतीले आफ्नो गर्भमा हुर्किरहेको बच्चाको बाबु दयाहाङ रहेको आरोप लगाउँछिन् । तर, दयाहाङले त्यो स्वीकार गर्दैनन् । एकातिर बाबु बन्न नसक्ने चिकित्सकको दाबी र अर्कोतिर एक युवतीले आफ्नो बच्चाको बाबु रहेको आरोप लगाएपछि देखिएको उतार-चढावमा ट्रेलर केन्द्रित छ । ट्रेलरले फिल्मको दृश्यभाषा सशक्त रहेको संकेत गरेको देखिन्छ ।
फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ लगायतको पनि अभिनय छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको फिल्मको निर्मातामा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चर छन् भने कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । ‘दयारानी’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ६, मंगलवार १०:३३गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत काम सकियोः वालयोगेश्वर महाराज
समाचार२०८१ फाल्गुन ३, शनिबार १९:२०पोखराको पुम्दिकोटमा कैलाशधाम निर्माणको लागि श्रीमद्भागावत ज्ञान महायज्ञको तयारी
समाचार२०८१ माघ २७, आईतवार २०:३०जस्तोसुकै कठिन परिस्थिति सृजित भएता पनि कोटिहोम गरेरै छाड्ने- धर्मगुरु विजय कृष्णमूर्ति
समाचार२०८१ माघ ११, शुक्रबार १७:१७ग्राहकको सेवालाई ख्याल गरि फिस्टेल डिपार्टमेन्टल स्टोर संचालनमा