प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै

काठमाडौं, माघ २० । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लागि आज नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन् । पुलिस लगातार नौं खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो । पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा छ। उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








