आहा रारा पोखरा गोल्डकप : उपाधिका लागि आज आर्मी र थ्रिस्टार भिड्दै

काठमाडौं, माघ २० । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लबबीच खेल हुँदैछ । खेल आज दिउँसो पोखरा रंगशालामा हुनेछ ।
आर्मी क्लब ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा पुगेको हो भने थ्रीस्टारले ललितपुरकै छिमेकी क्लब जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधिको भिडन्त पक्का गरेको हो ।
थ्रिस्टार आहा राराको ५ पटकको विजेता हो भने पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन ।
आर्मी विस २०६५, २०६६, २०७१, २०७२, २०७५ गरी पाँच पटक फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन् । यसअघि नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले ६–६ पटक उपाधि जितेका छन् । थ्रि स्टारले पाँच पटक, संकटाले दुई तथा अफ्रिकन रुट्स, सहारा र एपीएफले १–१ पटक उपाधि जितेका छन् । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








