दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी, माघ २२ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।
भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार, भवनको घेराबारसहित सोलारसमेत जडान गरिएको छ । उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ ।
बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले विसं २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । अठार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिनाभित्रमा निर्माण कार्य सकेर भवन हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठले बताइन् ।
यसैबीच नवनिर्मित स्वास्थ्यचौकी भवनको आइतबार सांसद खमबहादुर गर्बुजाले शुभारम्भ गरेका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भवनलगायतका पूर्वाधारले सघाउने विश्वास व्यक्त गर्दै दक्ष जनशक्ति र आधुनिक मेसिन उपकरणको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।
नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई समेत सहज भएको छ । पहिले साँघुरो कोठा भएको कच्ची भवनबाट सेवा दिँदै आएकोमा सुविधा सम्पन्न भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने स्वास्थ्यचौकीका इञ्चार्ज सुकमति गर्बुजाले बताए। भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले रु आठ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा आधा मूल्य रु चार लाखमा उपलब्ध गराएका थिए । जग्गा खरिदको लागि आवश्यक पर्ने रकम सहयोगदातामार्फत जुटाइएको थियो । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग