Home कला, विचार/मनोरञ्जन ‘द पोएट आइडल’ सिजन २ सोमबारबाट सुरु हुँदै

‘द पोएट आइडल’ सिजन २ सोमबारबाट सुरु हुँदै

10
0

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आगामी सोमबारदेखी प्रसारणमा आउने भएको छ । शुक्रबार आयोजीत प्रायोजक घोषणा कार्यक्रममा प्रसारण मिति र समयबारे जानकारी गराइयो । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुनेछ ।

कार्यक्रममा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने यस शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी जज्को रुपमा भित्रिएकी छिन् । साथै अन्य तीन जज् पहिलो सिजनकै दोहोरिनेछन् । चलचित्रकी अभिनेत्री कविता सम्बन्धित रियालिटी शोको जज् किन ? भन्ने सामाजिक सञ्जालमा आइरहेका प्रश्नबारे सन्चारकर्मिले प्रश्न गरेका थिए । सोहि बिषयमा निर्देशक र अभिनेत्री अधिकारीले उक्त आलोचनाको खण्डन गरेका थिए ।

अभिनेत्री केकीले चलचित्र अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्ने बताएकी थिइन् । ‘मलाई यहाँ गरिएको प्रश्न जस्तै सुरुमा निर्देशक अमनदाई लाई गरेकी थिएँ । म नै जज् किन भनेर । उहाँहरुले दर्शकको प्रतिनिधित्व गर्ने महिला जज् चाहिएको बताउनुभयो । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ ।’ केकीले भनिन् । ‘यो रियालिटी शोलाई विभिन्न कुराको विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको कारणले हो भनेपछि मैले थप गर्न जरुरी भएन । मैले चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिरहेकी छु जसले गर्दा कला साहित्यप्रति मेरो पनि जिम्मेवारी छ ।’

निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताएका थिए । निर्देशन अधिकारी भन्छन्, ‘यो शो लेखनमा मात्र आधारित शो होइन । केकी अब्बल नायिका हुन् । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं ।’

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleलगानी सम्मेलनअघि दर्जनबढी कानुन संशोधन आवश्यक
Next articleपार्टी रुपान्तरण अभियानको समीक्षा केन्द्रीय कमिटीमा गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here