पालिका स्थापनाको अबसरमा भलिबल प्रतियोगिता

मादी गाउपालीका याङ्जकोटले पालिका स्थापनाको अबसरमा प्रथम पालिका स्तरिय अद्द्यक्ष्य कप भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ।
पोखराको न्युरोडमा रहेको दिपसगर होटेलमा आयोजित पत्रकार सम्मेलनमा मादी गाउपलिकाको अद्द्यक्ष्य देवीजङ् गुरुङले जानकारी दिनुभयो।
खेल अभियान , पर्यटन र संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ गाउपालिकाले स्थापना भएको बर्षगाठ मनाउन लागेको हो।
खेलको माध्यमबाट पालिकलाको पर्यटन तथा संस्कृतिलाई प्रबर्धन गर्ने उदेश्यले आउदो फागुन २७ देखि २९ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने बताउनु भयो ।
विभिन्न पालिकाहरुबाट सहभागिता भएका खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने मनसायले स्थानीय तहबाटै राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन र सक्षम बनाउने उदेश्यले प्रतियोगिता प्रभाबकारी हुने आशा व्यक्त गर्नु भयो।
त्यस्तै मादी गा पा का प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रशिद्द संस्कृतिक झल्किने झाकी प्रदर्शन एबम जेष्ठ नागरिहरुलाई सम्मान गर्ने जानकारी गराउनु भयो।
जनप्रतिनिधि तथा कर्मचारी बीच समुधुर सम्बन्धलाइ बढाउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने पालिकाको स्थापना दिवसको अबसरमा पालिकामा उत्कृस्ट कार्य गर्ने तथा सेवा प्रवाहलाई प्रभाकारी बनाउने संघ संस्था तथा व्यतिहरुलाई सम्मान र पुरस्कारको कार्यक्रम रहेको समेत जानकारी दिनु भयो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने









