पालिका स्थापनाको अबसरमा भलिबल प्रतियोगिता

मादी गाउपालीका याङ्जकोटले पालिका स्थापनाको अबसरमा प्रथम पालिका स्तरिय अद्द्यक्ष्य कप भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ।
पोखराको न्युरोडमा रहेको दिपसगर होटेलमा आयोजित पत्रकार सम्मेलनमा मादी गाउपलिकाको अद्द्यक्ष्य देवीजङ् गुरुङले जानकारी दिनुभयो।
खेल अभियान , पर्यटन र संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ गाउपालिकाले स्थापना भएको बर्षगाठ मनाउन लागेको हो।
खेलको माध्यमबाट पालिकलाको पर्यटन तथा संस्कृतिलाई प्रबर्धन गर्ने उदेश्यले आउदो फागुन २७ देखि २९ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने बताउनु भयो ।
विभिन्न पालिकाहरुबाट सहभागिता भएका खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने मनसायले स्थानीय तहबाटै राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन र सक्षम बनाउने उदेश्यले प्रतियोगिता प्रभाबकारी हुने आशा व्यक्त गर्नु भयो।
त्यस्तै मादी गा पा का प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रशिद्द संस्कृतिक झल्किने झाकी प्रदर्शन एबम जेष्ठ नागरिहरुलाई सम्मान गर्ने जानकारी गराउनु भयो।
जनप्रतिनिधि तथा कर्मचारी बीच समुधुर सम्बन्धलाइ बढाउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने पालिकाको स्थापना दिवसको अबसरमा पालिकामा उत्कृस्ट कार्य गर्ने तथा सेवा प्रवाहलाई प्रभाकारी बनाउने संघ संस्था तथा व्यतिहरुलाई सम्मान र पुरस्कारको कार्यक्रम रहेको समेत जानकारी दिनु भयो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








