ललितपुर- ललितपुरको गोदावरीमा यही फागुन ७ देखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन उपसभापित एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चार वटा हलमा समूहगतरुपमा छलफल भएको छ।
नीति अधिवेशनको रुपमा हेरीएको यो महासमितिको बैठकमा नीति विमर्शका लागि आएका सहभागीहरु नीति भन्दा बढी नेतृत्वको वरीपरी घेरीएको पाइयो । देश विदेशबाट महासमितिमा सहभागि सदस्यहरु नीतिगत छलफलमा भन्दा बढी बैठकस्थल वरीपरी तस्विर लिन र सम्पर्क बढाउन केन्द्रीत देखिए ।
हलमा नेताहरु आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै थिए, समुहगत छलफलहरु पनि भैरहेका थिए तर छलफलमा कम सहभागिता देखिन्थ्यो यो दृष्यले नेपाली कांग्रेसको बैचारिक र नितीगत छलफल र त्यसबाट निस्कने निष्कर्ष विहंड्गम विमर्शबाट नभइ फेरी पनि नेतामा केन्द्रीत हुने हो कि भन्ने आंशका सृजना गरेको छ ।
दुई हजारभन्दा बढी सहभागी रहेको महासमितिको यो बैठकमा सहभागिहरुले अ आफ्नो समूहको प्रचारमा पनि उत्तिकै जोड दिएका छन् । लामो इतिहास र लोकतान्त्रिक चरित्र बोकेको यो पार्टीमा निर्वाचन महाअधिवेशनमा गरिने प्रचार बाहेक अन्य कार्यक्रमहरु साधारण तवरबाट नै गर्ने परिपाटी छ तर मुलुककै भविश्य परिवर्तन गर्न सक्ने अभिभार बोकेको संसदको पहिलो ठुलो दलको नेपाली काँग्रेसको जारी महासमिति बैठक पनि त्यसबाट टाढा हुन सकेन् ।
प्रतिवेदनमाथि आज छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरुलाई गोदावरी हल, कर्णाली र मधेश प्रदेशका लागि विशंखुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुलाई कोन्ज्योसोम हल छुट्याइएको छ । चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले महासमिति सदस्यहरुको सुझावहरुलाई टिपोट गर्नुभएको थियो ।
विभिन्न चार वटा हलमा भएको बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ । छलफलमा देशभरबाट आउनुभएका महासमिति सदस्यहरुले पनि प्रतिवेदनमा आफ्नो विचार राख्नुभएको छ । महासमितिमा पेश भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरुले सुधारका केही सुझावहरु पेश गर्नुभएको छ ।
छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
महासमिति बैठकमा कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरुलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने जोड दिनु भएको छ ।
उर्जा र जलश्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रबर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको संकटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने, लगायतका विषयमा जोड दिनुभएको छ ।
मासमेत महासमिति सदस्यहरुले जोड दिनुभएको छ । सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरुले सुझाव दिनुभएको छ ।
महासमिति बैठकको बन्द सत्रको बिहानी सत्रमा मुल हलमा समूहगत छलफलबाट प्राप्त सुझावहरु प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने र भोलि नै २:३० बजेपछि समापन समारोह गरिने भएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न