प्रतिकुल अवस्थामा पनि साथ दिनुभयो,म सफल भएँ

काठमाडौँ- फागुन २० गते राष्ट्रिय सभामा २० सांसदको कार्यअवधि पुरा हुँदै छ । ती मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आफ्नो छ बर्षे कार्याकाल सकाएर विदा हुँदै हुनुहुन्छ ।
कार्यकाल सकिँएर बिदा हुन लाग्नु भएका अध्यक्ष तिमिल्सिनाले आफ्नो अध्यक्षतामा आज बसेको बैठक नै कार्यकालको अन्तिम बैठक भएको जानकारी गराउँदै आफ्नो कार्यकाल सफल भएको दावी गर्नु भयो ।
कार्यकालको अन्तिम बैठकमा अध्यक्ष तिमिल्सिनाले एकदमै प्रतिकुल अवस्थामा पनि सांसद र संसद सचिवालयका कर्मचारीहरुले दिएको साथ सहयोगले आफु सफल रहेकोमा योगदानको सधै स्मरण गर्ने बताउनु भयो ।
‘एकदमै प्रतिकुल अवस्थामा पनि तपाईंहरुले साथ दिनुभयो । र म सफल भएँ । मलाई यो जिम्मेवारीमा रहँदा एउटा चुनौती थियो । राजनीीतक पार्टीको एउटा खरो कार्यकर्ता निर्वाचित भएर यो ठाउँमा आउँदा यो कुर्सीको गरिमा निष्पक्ष अझ तटस्थ भएर भूमिका निर्वाह गर्न सक्छु कि सक्दिनँ कतै सकिनँ भने पदीय गरिमामा आँच आउनेछ । व्यक्ति केही पनि होइन तर त्यो पदीय गरिमा बचाउनु सबैभन्दा महत्वपूर्ण हो भन्ने मलाई चुनौती थियो तपाई हरुको साथ सहयोगले नै म सफल भए। उहाँले भन्नु भयो ।
उहाँले सरकार चलाउने कुरामा होस वा सदन चलाउने प्रत्येक जिम्मेवारीमा अब आउने नेतृत्वले अघिको भन्दा अझ बढी प्रगति गर्नु पर्ने भन्दै निर्वाचित भइ सपथग्रहरण पर्खिएर बस्नु भएका १९ जना राष्ट्रिय सभा सदस्यहरुलाई थप राम्रो गर्न आग्रह गर्नु भयो ।
२०७४ फागुन ३० गते तिमल्सिना राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको थियो । २०७५ असारमा कार्यकालका बाँडफाँटमा चिठ्ठामा उहाँलाई ६ बर्षे कार्याकाल भागमा परेको थियो । यसबीचमा अध्यक्ष तिमल्सिनाले १५ वटा अधिवेशनको नेतृत्व दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









