Home राजनीति सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँग,नवनियुक्त तीन मन्त्री पनि विनाविभागीय   

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँग,नवनियुक्त तीन मन्त्री पनि विनाविभागीय   

2
0

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिको सत्ता गठबन्धनबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्।

कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएसँगै प्रधानमन्त्री प्रचण्डले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गर्दै सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले लिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ गठबन्धनबाट आज मन्त्री बन्नु भएका तीन जनाले शपथ लिए उहाँहरुको जिम्मेवारी तोकिएको छैन । कार्यभार पछि तोक्ने गरी माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले आज मन्त्रीपदको  शपथ लिनु भएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनवनियुक्त तीन मन्त्रीले लिए सपथ
Next articleसंसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here