आमिर खानको ‘लापता लेडिज’ ले कति कमायो?

किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिहेको छ। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले ४ दिनमा ४ करोड ३१ लाख भारू कमाएको छ।
१ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १ करोड ४५ लाख भारू, तेस्रो दिन १ करोड ७० लाख र चौथो दिन ४१ लाख भारू कमाएको हो।
फिल्ममा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ। फिल्मको पटकथा तथा संवाद स्नेहा देसाईले लेखेका हुन्।
आमिर खान, किरण राव र ज्योति देशपान्डेको लगानी रहेको फिल्ममा नितान्शी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार ०८:२३अभिनेता रमित ढुंगानालाई मातृशोक | Celebrity Nepal








