छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा पदबहालीपछि उहाँले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । साथै उहाँले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउनसमेत ध्यान केन्द्रित हुने बताउनुभयो ।
मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा तथा प्रवर्द्धन गर्नु सरकारको प्राथमिकताको विषय भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले यही विषयमा नै मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
मुलुकको परराष्ट्र नीति स्वतन्त्रता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र समानताको आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन कूटनीतिक दक्षता आवश्यक भएको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हामी बहुपक्षीय र क्षेत्रीय मञ्चमा सहभागिता जनाउन, राष्ट्रिय हितका पक्षपोषण गर्न र राष्ट्रिय हित अनुकूलको निर्णय गराउन तथा विश्व शान्तिको पक्षमा आवाज उठाउने छौँ”, उहाँले विदेशमा रहेका नेपाली कामदारको हितको रक्षा गर्ने विषय सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
अहिलेको केन्द्रीय कार्यभार भनेको सामाजिक राजनीतिक रुपान्तरण तथा विकास र समृद्धि भएको परराष्ट्रमन्त्रीले बताउनुभयो । आर्थिक कूटनीतिलाई महत्वका साथ अघि बढाउन ध्यान दिने तथा राजदूत नियुक्तिको मापदण्डलाई अझ राम्रो बनाउन र नियमित मूल्याङ्कन गर्ने व्यवस्थामा आफ्नो ध्यान जाने बताउनुभयो । उहाँले कूटनीतिक आचारसंहिता कार्यान्वयन गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








